Kathmandu Press

ठुलाठुला भ्रष्टाचारमा प्रमुख दलहरुबीच सहमति हुने गरेको लिङ्देनकाे आरोप

शरणार्थी प्रकरणमा पनि विदेशी चासोका कारण अनुसन्धान भएकाे दाबी गर्दै  उनले अनुसन्धान नै नसकी त्यसकाे फाइल बुझाउने तयारी भइरहेको बताए।
ठुलाठुला भ्रष्टाचारमा प्रमुख दलहरुबीच सहमति हुने गरेको लिङ्देनकाे आरोप

काठमाडाैं, वैशाख ४ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठुलाठुला भ्रष्टाचारमा प्रमुख दलहरुबीच सहमति हुने गरेको आरोप लगाएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण लगाएतका भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध बिहीबार राप्रपाले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङ्दनले ठुला भ्रष्टाचारका काण्डहरुमा सबै ठुला दलका नेताहरुको संलग्नता भएकै कारण जतिसुकै भ्रष्टाचार मुद्दा सार्वजनिक भए पनि टुङ्गो लाग्न नसकेको बताएका हुन्।

शरणार्थी प्रकरणमा पनि विदेशी चासोका कारण अनुसन्धान भएकाे दाबी गर्दै  उनले अनुसन्धान नै नसकी त्यसकाे फाइल बुझाउने तयारी भइरहेको बताए। उनले यस प्रकरणमा कसैलाई पनि छुट दिन नहुने र राष्ट्रघाती काम गर्ने सबैलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग गरे।

लिङ्देनले राप्रपाको नेतृत्वमा नै हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापित गर्ने भन्दै त्यसका लागि कुनै विदेशीको आशिर्वाद र पैसा नलिने जिकिर गरे।

उहाले कांग्रेस एमाले र माओवादीबाट मुलुकको आर्थिक विकास र सुशासनको कुनै सम्भावना नै नरहेको बताए।

प्रकाशित मिति: १६:३३ बजे, बिहीबार, जेठ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्