Kathmandu Press

सङ्क्रमणकालीन न्याय सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल

सङ्क्रमणकालीन न्याय सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल

काठमाडाैं, जेठ ४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकारले प्राथमिकतामा राखेको र विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुरुप नै शान्ति प्रक्रियालाई पूर्णता दिने स्पष्ट पारेका छ्न्।
     
प्रतिनिधिसभाको आजको बैठकमा सांसद पूर्णबहादुर घर्ती मगरले 'शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय कहिले निष्कर्ष पाउँछ ?' भनी गरेकाे थिए।

साेही प्रश्नको जवाफ दिँदै दाहालले भने, ‘शान्तिप्रक्रियाका बाँकी काम प्राथमिकताका साथ अघि बढाइनेछ, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक अध्ययनका क्रममा छ।'

उनले उक्त विषयमा बृहत् राजनीतिक सहमति जुटाउने प्रयास गरिरहेको पनि बताए।

प्रकाशित मिति: १५:२८ बजे, बिहीबार, जेठ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्