Kathmandu Press

पञ्चशीलका आधारमा परराष्ट्र नीति : प्रधानमन्त्री दाहाल

'भारत भ्रमणबारे सीमाका सम्बन्धमा हामी एक इन्च पनि जमिन छोडदैनौँ, छिमेकीको पनि एक इन्च पनि जमिन चाहिँदैन, यही कुरा हामी भारत भ्रमणमा गएर गछौँ, नेपालको राष्ट्रिय हित, एकतामा असर पर्ने काम हुन दिइनेछैन।'द
पञ्चशीलका आधारमा परराष्ट्र नीति : प्रधानमन्त्री दाहाल

काठमाडाैं, जेठ ४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको परराष्ट्र नीति पञ्चशीलका आधारमा नै हुने बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफमा उहाँले राष्ट्रको हितलाई ध्यानमा राखेर नेपालको परराष्ट्र नीतिलाई निरन्तता दिइने उल्लेख गरे। 

बैठक सांसद दीलेन्द्रप्रसाद बडूले नेपालको परराष्ट्र नीति कसरी अगाडि बढाउने सरकारको योजना छ भनी प्रश्न गरेका थिए। त्यस्तै सांसद रघुजी पन्तले नेपाल-भारतबीचको १९५० सन्धि, नेपालको सीमा र भूमिको रक्षालगायत विषयमा भारत भ्रमणको क्रममा छलफल हुन्छ कि हुँदैन भनी प्रश्न गरेका थिए। 

जवाफमा प्रधानमन्त्री दाहालले भने, 'भारत भ्रमणबारे सीमाका सम्बन्धमा हामी एक इन्च पनि जमिन छोडदैनौँ, छिमेकीको पनि एक इन्च पनि जमिन चाहिँदैन, यही कुरा हामी भारत भ्रमणमा गएर गछौँ, नेपालको राष्ट्रिय हित, एकतामा असर पर्ने काम हुन दिइनेछैन।'
  
सांसद दीपक गिरीले दाङको टरिगाउँको विमानस्थलको स्तरोन्नति कहिले हुन्छ भनी गर्नुभएको प्रश्नमा उनले उक्त विमानस्थल स्तरोन्नति गर्ने विषयमा सरकार गम्भीर रहेको र छिट्टै काम अघि बढाउने विश्वास दिलाए।
 
सांसद विद्या भट्टराईले मुलुकमा भ्रष्टाचार र बेतिथि बढेको, लडाकु शिविर, ललिता निवास र नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा नियन्त्रण र कारबाहीका लागि सरकारको के गरिरहेको छ भन्ने प्रश्न गरेकी थिइन्। 

जवाफमा प्रधानमन्त्री दाहालले भने, 'भ्रष्टाचार र सङ्गठित अपराधलाई सरकारले छाड्ने छैन, नक्कली भुटानी शरणार्थीको विषय नेपालकै इज्जतको विषय बनेको छ, सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता नीति अवलम्बन गरेको छ, त्यसप्रति सरकार प्रतिबद्ध छ।'  

सांसद रामहरि खतिवडाले भूकम्पपछिको पुनःनिर्माण र पछिल्लो आर्थिक अवस्थाका बारेमा गर्नुभएको प्रश्नमा प्रधानमन्त्री दाहालले अहिले विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख सुधार भएको जानकारी गराए।

साथै, उनले सार्वजनिक सेवा प्रवाहले राज्य र सरकारप्रति जनताको भरोसा बढदै गएको उल्लेख गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको स्पष्ट पारे। यसमा परिणाम देखिने गरी काम गर्ने उनको प्रतिबद्धता थियो।
 
प्रधानमन्त्री दाहालले भूकम्पपीडितका लागि बाँकी रहेको किस्ता रकम निर्धारित समयभित्रै वितरण गरिने जानकारी गराए। सो अवसरमा उनले मुलुकमा गणतन्त्रको स्थापनापछि शिक्षा, स्वास्थ्य, साक्षारता, आर्थिक विकास, कृषिलगायत क्षेत्रमा भएका प्रगतिबारे तथ्याङक प्रस्तुत गरे।

प्रकाशित मिति: १५:१८ बजे, बिहीबार, जेठ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्