Kathmandu Press

पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने राजनीतिक बाध्यता छैन : प्रधानमन्त्री

‘भारतसँगको हाम्रो खुला सिमाना, आर्थिक, व्यापारिक, राजनीतिक संस्कृतिक सम्बन्धको विशिष्टता कारणले त्यो प्रचलन रहे पनि त्यस्तो कुनै राजनीतिक बाध्यता छैन।’
पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने राजनीतिक बाध्यता छैन : प्रधानमन्त्री

काठमाडौं, जेठ ४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतबाटै पहिलो विदेश भ्रमण गर्नुपर्ने राजनीतिक बाध्यता नरहेको स्पष्ट पारेका छन्। 

संसदमा बिहीबार भएको प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘यो बाध्यता छैन भन्ने जवाफ मैले आफ्नो पहिलो प्रधानमन्त्री कालमै दिइसकेको छु व्यवहारबाटै।’

केसीले 'नयाँ प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने बाध्यता के होला?' भनेर प्रश्न गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले भारतसँग विशिष्ट खालको सम्बन्ध रहे पनि भ्रमणका सन्दर्भमा त्यस्तो कुनै बाध्यता नरहेकोको बताए।

‘भारतसँगको हाम्रो खुला सिमाना, आर्थिक, व्यापारिक, राजनीतिक संस्कृतिक सम्बन्धको विशिष्टता कारणले त्यो प्रचलन रहे पनि त्यस्तो कुनै राजनीतिक बाध्यता छैन।’

प्रकाशित मिति: १४:५२ बजे, बिहीबार, जेठ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्