Kathmandu Press

प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन

एक दिनमा १५ सांसदले मात्र प्रश्न सोध्न पाउने प्रतिनिधिसभा नियमावलीको नियम ५६ को (५) निलम्बन गरिएको हो।
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन

काठमाडौं, जेठ ४ : प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन गरिएको छ।नियमावली आज एक दिनका लागि मात्र निलम्बन गरिएको हो।

एक दिनमा १५ सांसदले मात्र प्रश्न सोध्न पाउने प्रतिनिधिसभा नियमावलीको नियम ५६ को (५) निलम्बन गरिएको हो।

नेपाली कांगेसका प्रमुख सचेतक रमेश लेखकले नियम निलम्बनका लागि प्रस्ताव राखेपछि एमालेका सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले समर्थन जनाए।

उक्त प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभाको सर्वसम्मतिले पारित भयो। आजकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २० सांसदले प्रश्न सोध्नेछन्। प्रश्न सोध्ने सांसदहरूले पुरक प्रश्न वा स्पष्टीकरण सोध्न नपाउने जानकारी पनि गराइएकाे छ।

प्रकाशित मिति: १३:१७ बजे, बिहीबार, जेठ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्