कानुन समितिको कार्यविधि पारित
बिहीबार मंगलप्रसाद गुप्ताको सभापतित्वमा बसेको समिति बैठकले सर्वसम्मत रुपमा आन्तरिक कार्यविधि पारित गरेको हो।
काठमाडौं, जेठ ४ : प्रतिनिधिसभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिले आन्तरिक कार्यविधि पारित गरेको छ।
बिहीबार मंगलप्रसाद गुप्ताको सभापतित्वमा बसेको समिति बैठकले सर्वसम्मत रुपमा आन्तरिक कार्यविधि पारित गरेको हो।
पारित आन्तरिक कार्यविधिअनुसार विनासूचना निरन्तर ५ वटा बैठकमा अनुपस्थित रहे त्यस्तो सांसद समिति सदस्यबाट निष्कासनमा पर्न सक्ने व्यवस्था छ। ५ वटा बैठकसम्म निरन्तर अनुपस्थित रहनुपर्ने भएमा सभापतिलाई लिखित जानकारी गराउनुपर्ने व्यवस्था कार्यविधिमा छ।
प्रकाशित मिति: ११:३६ बजे, बिहीबार, जेठ ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार