Kathmandu Press

किटो डायट एक साताका लागि मात्रै प्रभावकारी

नयाँ वर्षको सुरूवातसँगै किटोजेनिक डाइट सुरू गर्ने र शरीरको तौल घटाउने योजना बनाउँदै हुनुहुन्छ भने सतर्क रहनुहोस्। योजनाले काम नगर्न सक्छ।

अमेरिकाको एल विश्वव....

किटो डायट एक साताका लागि मात्रै प्रभावकारी

नयाँ वर्षको सुरूवातसँगै किटोजेनिक डाइट सुरू गर्ने र शरीरको तौल घटाउने योजना बनाउँदै हुनुहुन्छ भने सतर्क रहनुहोस्। योजनाले काम नगर्न सक्छ।

अमेरिकाको एल विश्वविद्यालयका अनुसन्धाताले किटो डायटको प्रभावकारिता थाहा पाउन मुसामा अध्ययन गरेका छन्। एक साताभन्दा धेरै किटो डायट गरे, खासै फाइदा नहुने उनीहरूले पत्ता लगाएका छन्।

अध्ययनको निष्कर्ष हालै मात्र नेचर मेटाबोलिजममा छापिएको छ। समाचार अनुसार सीमित अवधिमा हाइ फ्याट, लो कार्ब डायट खाए स्वास्थ्यलाई फाइदा पुग्ने देखिएको छ। यसले मधुमेह र शरीर पोल्ने जोखिम पनि कम गर्ने देखिएको छ।

Hardik ivf

गाम्मा डेल्टा टि सेलका कारण डायटले सकारात्मक प्रभाव पारेको हो। यो प्रतिरोधात्मक कोशिकाले तन्तुको सुरक्षा गर्नुका साथै मधुमेह र जलनको जोखिम पनि घटाउँछ। तर यिनै कोशिका किटो डायटको नकारात्मक प्रभावका कारण पनि हुन्।

एल स्कूल अफ मेडिसिनको कम्प्यारटिभ मेडिसिन एन्ड इम्युनोलोजीका प्राध्यापक तथा मुख्य अनुसन्धाता विश्वदीप दिक्षितले किटो डायटले शरीरलाई झुक्याएर “फ्याट बर्न” गर्ने बताए। कार्बोहाइड्रेट थोरै मात्र सेवन गर्दा ग्लुकोजको स्तर घट्छ र शरीर भोकाएको भान हुन्छ।

वास्तवमा शरीर भोकाएको हुँदैन। कार्बोहाइड्रेटको साटो बोसो प्रयोग गर्न थाल्छ। यसले किटोन उत्पादन हुन्। किटोन उर्जाको वैकल्पिक श्रोत हो। शरीरमा किटोन “बर्न” हुँदा  गाम्मा डेल्टा टि¬ सेल विस्तार हुँदै जान्छन्। यो प्रक्रियाले मेटाबोलिजम बढ्ने र मधुमेह तथा जलनको जोखिम घट्ने दिक्षित बताउँछन्। एक साताको किटो डायटपछि मुसाको ब्लड सुगर र जलन घटेको दिक्षितले बताए।

शरीर भोकाएजस्तो भएको बेला बोसो “ब्रेकडाउन” हुन्छ। त्यही बेला शरीरमा बोसो पनि भण्डार हुने अनुसन्धाताले पत्ता लगाएका छन्। मुसाले हाइ फ्याट डायटलाई निरन्तरता दिँदा उनीहरूले “बर्न” गर्नेभन्दा धेरै बोसो जम्मा गर्ने र मोटोपन तथा मधुमेह विकास हुने दिक्षितले बताए। “उनीहरूले सुरक्षात्मक गाम्मा डेल्टा टि सेल गुमाउँछन्,” दिक्षितले भने।

अध्ययनको निष्कर्षले मेटाबोलिजम र रोग प्रतिरोधात्मक प्रणालीबीच अन्तरसम्बन्ध भएको र तन्तुको स्वस्थ कार्यसम्पादनमा कसरी समन्वय हुन्छ भन्ने देखाएको  कम्प्यारटिभ मेडिसिनका पोस्टडक्टोरल फेलो इमिली गोल्डबर्गले बताइन्। किटो डायटले मुसाको गाम्मा डेल्टा टि सेल विस्तार हुन्छ भन्ने उनले नै पत्ता लगाएकी हुन्।
तर मुसामा परीक्षण गरिए पनि दीर्घकालीन मानवीय परीक्षण आवश्यक भएको दिक्षित बताउँछन्।

“कुनै पनि डायट सिफारिस गर्नुअघि नियन्त्रित अवस्थामा ठूलो क्लिनिकल परीक्षण आवश्यक छ। यसबाट मेटाबोलिजम र रोग प्रतिरोधात्मक क्षमतामा हुने फाइदा वा बढी तौल र मधुमेहको जोखिम भएका व्यक्तिमा हुनसक्ने सम्भावित हानीबारे बुझ्न सकिन्छ,” दिक्षितले भने।

मायो क्लिनिकका डा. डोनाल्ड हेन्सरूडले किटो डायटको विरोध गरेपछि यस्तो नतिजा आएको हो। दि मायो क्लिनिक डायट बुकका लेखक हेन्सरूडले किटो डायट मानिसहरूले विश्वास गरेजस्तो जादुको सुत्र नभएको बताउँछन्। “मानिसहरू विश्वास गर्न चाहन्छन्,” उनले भने,“उनीहरूलाई सजिलो बाटो चाहिएको छ। उनीहरूलाई जादु चाहिएको छ।”
 

प्रकाशित मिति: ०७:४३ बजे, शनिबार, माघ १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्