भालुको आक्रमणबाट एकजना घाइते
काठमाडाैं, ४ जेठः तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन् ।
बिहीबार बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको वडाध्यक्ष युवराज गुरुङले जानकारी दिए । आक्रमण लगत्तै भालु भागेको थियो ।
घाइते विकको स्थानीयवासीले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी लगेका थिए । विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा घाउ भएको छ ।
प्रकाशित मिति: ११:०९ बजे, बिहीबार, जेठ ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वामीकार्तिकमा एमालेलाई माओवादी उम्मेदवारको समर्थन, नेकपा एसलाई भोट हाल्न माओवादीको सर्कुलर बिहीबार, मंसिर १३, २०८१
मनराम–एसकाज पत्रकारिता पुरस्कार ज्ञान उदासलाई दिइने बिहीबार, मंसिर १३, २०८१
‘नेपालमा जियोटेक्निक्सको प्रयोगमा चुनौती देखिएको छ’बिहीबार, मंसिर १३, २०८१
सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दैछ : मन्त्री पौडेलबिहीबार, मंसिर १३, २०८१