Kathmandu Press

बजेटअघि नै संसदीय समितिले सभापति पाउँछन् : सभामुख घिमिरे

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल हुँदै गर्ने र समितिहरूले आफ्नो नेतृत्व चयन गर्ने सभामुखले बताए । त्यसका लागि राजनीतिक दलका संसदीय प्रतिनिधिहरूसँग छलफल गरिरहेको उल्लेख गरे।
बजेटअघि नै संसदीय समितिले सभापति पाउँछन् : सभामुख घिमिरे

काठमाडाैं, जेठ ३ : सभामुख देवराज घिरमेले संसदमा बजेट प्रस्तुत हुनुअघि नै संसदीय समितिले सभापति पाउने बएताका छन्।

सिंहदरबारस्थित कार्यकक्षमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै सभामुख घिमिरेले नीति तथा कार्यक्रम र बजेटको बीचको अवधिमा संसदीय समिति सभापति चयनको प्रक्रिया सुरु हुने बताएका हुन्।

सरकारले शुक्रबार नीति तथा कार्यक्रम ल्याउँदैछ। प्रतिनिधिसभाका १० विषयगत समिति मंगलबारदेखि क्रियाशील भएका छन्। समितिका ज्येष्ठ सदस्यको सभापतित्वमा समिति बैठक सुरु भएका छन्।

‘संसदीय समितिका काम सुरु भएका छन्। केही समितिहरूले विधेयकमाथि छलफलको तयारी गरेका छन्,’ उनले भने, ‘समिति सभापति नीति तथा कार्यक्रम प्रस्तुत भएपछि र बजेट पेस हुनुभन्दा अगाडि नै चयन हुन्छन्।’

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल हुँदै गर्ने र समितिहरूले आफ्नो नेतृत्व चयन गर्ने सभामुखले बताए । त्यसका लागि राजनीतिक दलका संसदीय प्रतिनिधिहरूसँग छलफल गरिरहेको उल्लेख गरे।

राजनीतिक दलका संसदीय प्रतिनिधिहरूबीच पनि संसदीय समिति चयनका विषयमा छलफल भइरहेको जानकारी आफूलाई भएको उनले बताए । कुन समिति सभापति कुन दलले लिने भन्ने राजनीतिक दलहरूको विषय भएको बताउँदै सभामुखले मिति तोक्ने बताए।

सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउनका लागि संसदीय समिति क्रियाशील बनाउनुपर्ने बताए । त्यसका लागि समिति सभापति चयन प्रक्रिया चाँडै हुन लागेको उनको भनाइ थियो।

प्रकाशित मिति: २०:२० बजे, बुधबार, जेठ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्