Kathmandu Press

सांसद सञ्जय गौतमलाई अनशन तोड्न मन्त्री ज्वालाकाे आग्रह

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्वालाले बबई नदीमाथि बनेको जब्दीघाटको भत्किएको पुल पुनः निर्माण गर्ने प्रक्रिया अघि बढिसकेको भन्दै अनशन तोड्न आग्रह गरेका हुन्।
सांसद सञ्जय गौतमलाई अनशन तोड्न मन्त्री ज्वालाकाे आग्रह

काठमाडौं, जेठ ३ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कांग्रेसका सांसद सञ्जय गौतमलाई अनशन तोड्न आग्रह गरेका छन्।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्वालाले बबई नदीमाथि बनेको जब्दीघाटको भत्किएको पुल पुनः निर्माण गर्ने प्रक्रिया अघि बढिसकेको भन्दै अनसन तोड्न आग्रह गरेका हुन्।

जब्दीघाटको भत्किएको पुल निर्माणको काम शुरु गर्नुपर्ने डुबान र कटानको कारण जोखिममा रहेका स्थानमा तटबन्धका काम गर्नुपर्ने र सिँचाइ आयोजनामा बजेट सुनिश्चित हुनुपर्ने माग राख्दै सांसद गौतम अनसन बस्दै आएका छन्।

मन्त्री ज्वालले पुल निर्माणका लागि प्राविधिक परिक्षण भइसकेको भन्दै नयाँ पुल बनाउन १० दिनभित्र ठेक्का आह्वान गर्ने जानकारी दिए।

उहाले यसअघि भौतिक पूर्वाधार मन्त्रालयसंग जोडिएको आयोजनाहरुको म्याद सकिने बेलासम्म काम सम्पन्न नगर्नेहरुलाई आयोजनाबाटै हटाउने बताए।

मन्त्रालयले जनताले प्रत्यक्ष उपभोग गर्न पाउनेगरी विकासका आयोजनालाई छिटै सम्पन्न गर्न तत्परताका साथ काम गरिरहेको उनले बताए।
 

प्रकाशित मिति: १८:११ बजे, बुधबार, जेठ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्