नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझी र खाणलगायतलाई थप तीन दिन थुनामा राख्न अनुमति
जिल्ला अदालतले दिएको अनुमतिअनुसार आरोपीहरुलाई प्रहरीले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउनेछ।
काठमाडौं, जेठ ३ : जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायतका अभियुक्तलाई थप तीन दिनसम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला अदालतले दिएको अनुमती अनुसार आरोपीहरुलाई प्रहरीले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउने छ।
यसअघि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउन प्रहरीलाई बुधबारसम्मको म्याद दिएको थियो । अनुसन्धान पूरा नभएका कारण प्रहरीले पुनः थुनाका लागि म्याद थप गर्न माग गरेको हो।
प्रकाशित मिति: १८:०३ बजे, बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











