Kathmandu Press

राणाविरुद्धको महासभियोगमा सर्वोच्चद्वारा बहस नोट माग

संघीय संसदका महासचिव भरतराज गौतमले लेखेको पत्रको वैधानिकताबारे दायर भएको रिटमा अन्तिम फैसला गर्ने प्रयोजनका लागि वहश नोट झिकाइएको हो।
राणाविरुद्धको महासभियोगमा सर्वोच्चद्वारा बहस नोट माग

काठमाडौं, जेठ ३ : तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाअभियोग निलम्बन फुकुवा प्रकरणमा सर्वोच्च अदालतले पक्ष विपक्षका कानुनव्यवसायीलाई बहसनोट पेश गर्न आदेश दिएको छ। 

संघीय संसदका महासचिव भरतराज गौतमले लेखेको पत्रको वैधानिकताबारे दायर भएको रिटमा अन्तिम फैसला गर्ने प्रयोजनका लागि वहश नोट झिकाइएको हो।

सर्वोच्च अदालतको संवैधानिक इजलासले दुवै पक्षबाट बहसनोट मगाउने आदेश दिएको हो  महासचिव गौतमले गत मंसिरमा राणाको निलम्बन फुकुवा हुने भनी पत्र लेखेपछि विवाद सर्वोच्च पुगेको थियो। 

प्रकाशित मिति: १७:३२ बजे, बुधबार, जेठ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्