Kathmandu Press

राप्रपाले भन्याे- शरणार्थी प्रकरणका दोषीलाई राज्यविरुद्ध अपराधको कसुरमा काराबाही चलाउनुपर्छ

बैठकले क्यान्टोनमेन्ट घोटाला, ललिता निवास, एनसेल प्रकरण, वाइडबडी काण्डलगायत भ्रष्टाचारको छानबिन गरि दोषीलाई कारवाही गर्न माग गरिएको उनले बताए।
राप्रपाले भन्याे- शरणार्थी प्रकरणका दोषीलाई राज्यविरुद्ध अपराधको कसुरमा काराबाही चलाउनुपर्छ

काठमाडौं, जेठ ३ : राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी पाँच वर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने लक्ष्यसहित अघि बढ्ने निर्णय गरेको छ।

बुधबार काठमाडौंमा तीन दिनसम्म काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्दै राप्रपाले  नवीन राप्रपाको अवधारणासहित नयाँ रणनीति र कार्यनीति अवलम्बन गर्दै आगामी पाँच वर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने लक्ष्यसहित अघि बढ्ने निर्णय गरेको जनाएको हो।

बैठकले हरेक समिति र तहहरुमा महिलालाई कम्तीमा ३३ प्रतिशत र ४० वर्ष मुनिका युवाका लागि निश्चित संख्यामा प्रतिनिधित्व सुनिश्चित गर्ने, सरकारी वेतनधारी कर्मचारीको संगठन नवनाउने, विद्यार्थी संगठनलाई गैरराजनीतिक बनाउने निर्णय गरेको छ।

त्यस्तै बैठकल नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई राज्यविरुद्धको अपराध, संगठीत अपराध, सरकारी दस्तखत किर्ते लगाएतका कसुरमा काराबाही चलाउनुपर्ने निर्णय गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। बैठकले क्यान्टोनमेन्ट घोटाला, ललिता निवास, एनसेल प्रकरण, वाइडबडी काण्डलगायत भ्रष्टाचारको छानबिन गरि दोषीलाई कारवाही गर्न माग गरिएको उनले बताए।

२०४६ पछिका उच्चपदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न समेत माग गरेको उहाको भनाइ छ।

त्यस्तै बैठकले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना, संघीयता खारेजीको राष्ट्रिय आवश्यकता जनआकांक्षाबमोजिम निर्णायक मिलनबिन्दुमा स्थापित गर्न टड्कारो बनेको निष्कर्ष निकालेको छ। बैठकले अध्यक्षबाट प्रस्तुत कार्यपत्र तथा अन्य प्रतिवेदनहरु परिमार्जन सहित पारित गरेको राप्रपाले जनाएको छ।

प्रकाशित मिति: १७:३३ बजे, बुधबार, जेठ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्