भुटानी शरणार्थी प्रकरण गम्भीर अपराध : मानवअधिकार आयोग
बुधबार पत्रकार सम्मेलन गर्दै आयोगले उक्त भनाई राखेको हो। नक्कली शरणार्थी बनाएर मानव बेचबिखन गर्ने कार्य लोकतन्त्रको लागि चिन्ताको विषय भएको समेत बताएको छ।
काठमाडौं, जेठ ३ : राष्ट्रिय मानव अधिकार आयोगले राज्य शक्तिको दुरुपयोग गरी नक्कली शरणार्थी बनाएर मानव बेचबिखन गर्ने विषय गम्भीर प्रकृतिको भ्रष्टाचार रहेको बताएको छ। आयोगले उक्त प्रकरण मानव बेचबिखन र ठगीको गम्भीर अपराध भएको भनाई समेत राखेको छ।
बुधबार पत्रकार सम्मेलन गर्दै आयोगले उक्त भनाई राखेको हो। नक्कली शरणार्थी बनाएर मानव बेचबिखन गर्ने कार्य लोकतन्त्रको लागि चिन्ताको विषय भएको समेत बताएको छ।
पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले नागरिकको सेवामा खटिएका निकायहरूबाट नै राज्य शक्तिको दुरुपयोग गर्ने कार्यले सार्वजनिक जवाफदेहिता र पारदर्शितामा प्रभाव पार्ने बताए। उनले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, स्वास्थ्य, शिक्षा, आवास, खानेपानीलगायत नागरिकको जीविकोपार्जनमा असर पर्ने समेत भनाई राखे।
भ्रष्टाचारका कारण दलित, महिला, जनजाति,आदिवासी, शारीरिक अशक्त भएका मानिसहरूको संरक्षणको सुनिश्चितता दिन नसक्ने भनाई अध्यक्ष मगरको थियो। ‘भ्रष्टाचारका मुद्दामा शून्य सहनशीलताको नीति अवलम्बन गरी उच्च मनोबलका साथ स्वतन्त्र, स्वच्छ र निष्पक्ष अनुसन्धानमार्फत संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन पनि आग्रह गर्दछु,’ मगरले भने
यस्तै आयोग अध्यक्ष मगरले राज्य शक्तिको दुरुपयोग गरी निकृष्ट अपराधको अनुसन्धानमा प्रभाव पार्न सक्नेतर्फ सचेत रहन, कानुनबमोजिम अनुसन्धान तथा अभियोजनको जिम्मेवारी निभाउन पनि आग्रह गरेका छन्।











