Kathmandu Press

नक्कली भुटानी प्रकरणमा कुनै दबाबले सरकार प्रभावित हुँदैन : गृहमन्त्री 

श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पत्ति आर्जन गर्ने कुरा संगठित अपराध भएको समेत बताए।
नक्कली भुटानी प्रकरणमा कुनै दबाबले सरकार प्रभावित हुँदैन : गृहमन्त्री 

काठमाडौं, जेठ ३ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा टुंगोमा पुर्‍याइने बताएका छन्। 

श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पत्ति आर्जन गर्ने कुरा संगठित अपराध भएको समेत बताए।

नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र बुधवा ग्रहण गर्नेक्रममा श्रेष्ठबाट यस्तो प्रतिवद्धता आएको हो। नेकपा एकीकृत समाजवादीको तर्फबाट पार्टी उपमहासचिव जगन्नाथ खतिवडासहितको टोली गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन मन्त्रालय पुगेको थियो।

गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पत्ति आर्जन गर्नेमाथि कडा कारबाही गर्ने तहमा पुगेको भनाई राखेको सहभागि नेकपा एस्का नेताको भनाई छ। ‘यो राज्यबिरुद्धको अपराध हो।

भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासन कायम गर्न सकेनौँ भने समृद्धिको नारा पूरा हुँदैन भन्नुभएको छ,’ श्रेष्ठको भनाई उद्धृत गर्दै ज्ञापनपत्र बुझाउन पुगेका ति नेताले भने। भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिवद्ध रहेको भनाई समेत श्रेष्ठले राखेका थिए। 

‘देशको नागरिकलाई अनागरिक बनाइ विदेशमा पठाएर पैसा संकलन गर्ने र आफ्नो जीवन व्यतित गर्ने उद्देश्यका साथ जुन प्रक्रिया अघि बढाइयो, यसलाई छुट दिने कुरा हुन सक्दैन,’ श्रेष्ठले भनेका थिए, ‘कुनै पनि दबाबमा वा कुनै पनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित हुँदैन। दोषीलाई कारबाहीको प्रक्रियामा लगि छोड्छौँ।’ 

प्रकाशित मिति: १६:०० बजे, बुधबार, जेठ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्