आङटावा शेर्पाको बयान लिइँदै
सरकारी वकिलको कार्यालय काठमाडौंमा शेर्पाको प्रारम्भिक बयान लिन लागिएको हो। शेर्पासँगै थप १२ आरोपितको पनि बयान लिइनेछ।
काठमाडौं, जेठ ३ : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका संविधानसभा सदस्य आङटावा शेर्पाको बयान लिइँदैछ।
सरकारी वकिलको कार्यालय काठमाडौंमा शेर्पाको प्रारम्भिक बयान लिन लागिएको हो। शेर्पासँगै थप १२ आरोपितको पनि बयान लिइनेछ।
१२ आरोपितको बयान निरन्तर चलिरहेको छ। बयान लिन थालिएका शेर्पा सोमबार आफैँ प्रहरीकहाँ पुगेका थिए।
अदालतले मंगलबार उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उच्च पदस्थ अधिकारीसहित शरणार्थी ठगीमा प्रकरणमा १४ जना पक्राउ परेका छन्।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने भन्दै करोडौं रकम असुली गरेको जाहेरीका आधारमा अनुसन्धान चलिरहेको छ।
प्रकाशित मिति: १४:१९ बजे, बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











