Kathmandu Press

नीति तथा कार्यक्रम राष्ट्रपतिले नै वाचन गर्ने 

राष्ट्रपति कार्यालयले बुधबार नै संसद् सचिवालयलाई एक पत्र पठाउँदै राष्ट्रपति स्वयंले नीति तथा कार्यक्रम वाचन गर्ने जानकारी दिएको हाे। 
नीति तथा कार्यक्रम राष्ट्रपतिले नै वाचन गर्ने 

काठमाडौं, जेठ ३ : सरकारले संसद्मा सार्वजनिक गर्ने नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने भएका छन्।

संसद सचिवालयका अनुसार शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति उपस्थित भएर वाचन गर्ने कार्यक्रम तय भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य समस्याका कारण नीति तथा कार्यक्रम वाचन गर्न सक्ने वा नसक्ने विषयमा अनिश्चित बनेको थियो। राष्ट्रपति कार्यालयले बुधबार नै संसद् सचिवालयलाई एक पत्र पठाउँदै राष्ट्रपति स्वयंले नीति तथा कार्यक्रम वाचन गर्ने जानकारी दिएको हाे। 

प्रतिनिधिसभा तथा राष्ट्रिय सभा नियमावली अनुसार सरकारको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिले नै पढ्नुपर्ने प्रावधान रहे पनि विरामीका कारण अन्यौल थियो।

राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई पत्र लेखेपछि अन्यौल हटेको छ। राष्ट्रपति विरामी भएका कारण उपराष्ट्रपति वा प्रधानमन्त्रीले वाचन गर्ने चर्चा समेत थियो।

संविधानको धारा ९५ तथा प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावलीको नियम ३८ मा नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।
 

प्रकाशित मिति: १४:५६ बजे, बुधबार, जेठ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्