‘सर्वोच्चको फैसला स्विकार्नुको विकल्प छैन, अनर्गल प्रचार नगरिदिनुहाेला’
‘टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैस्ला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुला छ । हामी सम्मानित अदालतलाई सदा समान गर्छौं। साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ।’
काठमाडौं, जेठ ३ : टीकापुर घटनामा दोषी ठहर भई हाल डिल्लीबजार कारागारमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीले न्यायिक नभए पनि सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नभएको बताएका छन्।
उनले आज (बुधबार) एक हस्तलिखित विज्ञप्ति निकालेर त्यस्तो धारणा सार्वजनिक गरेका हुन्। सर्वोच्चले मंगलबार उनलाई जन्मकैद गर्न भनी उच्च अदालत दिपायलको गरेको फैसलालाई नै सदर गरेको थियो। यसबारे आफ्नो धारणा सार्वजनिक गर्दै रेशमले फैसलाले आफ्ना लागि न्यायिक नभए पनि स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् ।
‘टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैस्ला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुला छ’, उनले भनेका छन्, ‘हामी सम्मानित अदालतलाई सदा समान गर्छौं। साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ।’
उनले फैसलालाई लिएर अनर्गल प्रचार नगर्न पनि सबैमा आग्रह गरेका छन्। ‘अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभाबी सामाजिक सञ्जालमा जे पायो त्यही पोस्ट नगर्नुहुन अनुरोध गर्दछु,’ चौधरीले विज्ञप्तिमार्फत भनेका छन्।
उनले न्यायालयप्रति आफ्नो भरोसा रहेको भन्दै अझै न्यायिक पखाइमा रहेका बताएका छन्। कारागारमा आफू स्वस्थ रहेको र पुस्तक लेखिरहेको जानकारी पनि उनले दिएका छन्।
‘म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलतका साथ कैद भुक्तान गरिरहेको छु। स्वस्थ छु। रत्तिभर मन विचलित छैन,’ उनले भनेका छन्, ‘पुस्तक लेखिरहेका छु। केह िदिनमा ‘धरात’ नामक पुस्तकका साथ तपाईंसमक्ष साक्षत हुनेछु।
‘सबैलाई सम्मानीत सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु,’ डिल्लीबजार कारागारमा धैर्य र सहनशीलताका साथ कैद भुक्तान गरिरहेको भन्दै उनले भनेका छन्, ‘स्वस्थ छु, रत्तिभर मन विचलित भएको छैन ।’
कारागारमा ‘धरातल’ नामको पुस्तक लेखिरहेको र छिट्टै आउने समेत उनले जानकारी दिएका छन् ।











