Kathmandu Press

माधव नेपालले भन्छन्– एमाले अलोकतान्त्रिक बन्याे, उसमा व्यक्तिवाद हावी छ

अध्यक्ष नेपालले एमालेभित्र नीतिभन्दा नेता प्रधान र व्यक्तिवाद हाबी भएको उल्लेख गरे। उनले एमाले जबजबाट विचलित भएको आरोप पनि लगाए।
माधव नेपालले भन्छन्– एमाले अलोकतान्त्रिक बन्याे, उसमा व्यक्तिवाद हावी छ

काठमाडौं, जेठ ३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको बताए।

मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले अलोकतान्त्रिक चरित्रहरु हटाउन एमालेका नेता–कार्यकर्ताहरुलाई सुझाव दिए।

अध्यक्ष नेपालले एमालेभित्र नीतिभन्दा नेता प्रधान र व्यक्तिवाद हाबी भएको उल्लेख गरे। उनले एमाले जबजबाट विचलित भएको आरोप पनि लगाए।

यस्तै, अहिले कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको बताउँदै उनले देश भ्रष्टाचारमा डुब्दा पनि कुनै विचार र सिद्धान्तले काम नगरेको बताए।

नेपाल भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ, के कम्युनिष्ट, के कांग्रेस, भ्रष्टाचार गर्ने कुरामा लगभग प्रतिस्पर्धा भइरहेको छ,’ अध्यक्ष नेपालले भने ‘ सरकारमा रहेकाहरुमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी भएको छ।’

अध्यक्ष नेपालले अहिले नेपाली राजनीतिलाई जोगाउन चुनौतीपूर्ण भएकाे बताए।

प्रकाशित मिति: ११:५५ बजे, बुधबार, जेठ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्