कामीरिताले तोडे आफ्नै कीर्तिमान
उनी एक विदेशी क्लाइन्टलाई लिएर२७औं पटक सगरमाथा चढेका हुन्। उनले २०७९ वैशाख २४ गते सगरमाथाको २६औं पटक आरोहण गरेका थिए।
काठमाडाैं, जेठ ३ : कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २७औं पटक सगरमाथा आरोहण गरेका छन्। कामीरिताले बुधबार बिहान साढे ८ बजे सगरमाथाको २७औं पटक सफल आरोहण गरेका छन्।
उनी एक विदेशी क्लाइन्टलाई लिएर२७औं पटक सगरमाथा चढेका हुन्। उनले २०७९ वैशाख २४ गते सगरमाथाको २६औं पटक आरोहण गरेका थिए।
२ दशकभन्दा लामो सयमा विश्वका अग्ला हिमशिखर चढेका उनको आरोहण यात्रा भने सन् १९९२ बाट सुरु भएको थियो । कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन्।
कामीरिता सन् २००९, २०१०, २०१३ र २०१९ मा एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका थिए।
प्रकाशित मिति: १२:०३ बजे, बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











