Kathmandu Press

प्रधानमन्त्री र अष्ट्रेलियाका सहायक विदेशमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री र अष्ट्रेलियाका सहायक विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडाैं, जेठ ३ः प्रधानमन्त्री पुष्पकमल दाहाल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका वाट्स र प्रधानमन्त्रीको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकास र समृद्धिमा अष्ट्रेलिया सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा रहेको बताएका थिए । प्रधानमन्त्री दाहालले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था र समस्याका बारेमा पनि चासो व्यक्त गरेका थिए । सो अवसरमा उनले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगको विकास र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोगका बारेमा छलफल भएको थियो ।

मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा गरेका थिए । उनले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलिया सरकार र जनताको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: ११:१५ बजे, बुधबार, जेठ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्