Kathmandu Press

जापानमा सडक दुर्घटनामा दुई नेपालीको मृत्यु 

जापानको मियागी प्रिफेक्चरको कुरिहारामा हिजो साँझ बीच बाटोमा रोकिएको बसलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।
जापानमा सडक दुर्घटनामा दुई नेपालीको मृत्यु 

काठमाडौं, जेठ ३ : जापानमा मंगलबार साँझ भएको सडक दुर्घटनामा दुई नेपालीसहित ३ जनाको मृत्यु भएको छ।

जापानको मियागी प्रिफेक्चरको कुरिहारामा हिजो साँझ बीच बाटोमा रोकिएको बसलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा तीन जनाको मृत्यु भएकोमा दुई जना नेपाली पुरुष रहेको र एक जना जापानी महिला रहेको बताइएको छ । 

प्रहरीले उनीहरूको नाम खुलाएङ्को छैन । ४० जना सवार सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा समस्या आएपछि मियागी प्रान्तको कुरिहारा सहरको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो। 

ट्रकको ठक्करबाट दुई नेपाली र एक जापानी महिलाको मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।रोकिरहेको बसलाई तिव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको हो।

प्रकाशित मिति: ०८:२७ बजे, बुधबार, जेठ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्