रेशम चौधरी क्रान्तिकारी हुन्, सलाम : बाबुराम भट्टराई
बुधबार ट्वीट गर्दै भट्टराईले चौधरीले विद्रोह गरेर नयाँ र भविष्यमुखी सोच, मान्यता र विधि स्थापित गर्ने खोजेको बताउँदै उनलाई क्रान्तिकारीको संज्ञा दिएका हुन् ।
काठमाडौं, जेठ ३ : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरी क्रान्तिकारी रहेको बताएका छन् ।
बुधबार ट्वीट गर्दै भट्टराईले चौधरीले विद्रोह गरेर नयाँ र भविष्यमुखी सोच, मान्यता र विधि स्थापित गर्ने खोजेको बताउँदै उनलाई क्रान्तिकारीको संज्ञा दिएका हुन् । टीकापुर घटनामा दोषी ठहर गर्दै चौधरीलाई जन्मकैदको सजाय गर्ने उच्च अदालत दीपायलको फैसलालाई मंगलबार सर्वोच्च अदालतले पनि सदर गरेको थियो।
अदालत र न्यायाधीसले पुराना विद्यमान कानून,नजीर,सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउॅछन् क्रान्तिकारीले पुरानो, विद्यमानसंग विद्रोह गरेर नयॉ, भविष्यमुखी सोंच, मान्यता, विधि स्थापित गर्न खोज्छन्, भट्टराईले लेखेका छन्, इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ रेशम चौधरी क्रान्तिकारी हुन् सलाम।
प्रकाशित मिति: ०८:२१ बजे, बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











