Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका शेर्पालाई दुई दिन हिरासतमा राख्न अनुमति

पूर्वसभासद शेर्पामाथि अनुसन्धान गर्न अदालतले दुई दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका शेर्पालाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, जेठ २ : जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

पूर्वसभासद शेर्पामाथि अनुसन्धान गर्न अदालतले दुई दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

आइतबार पक्राउ पुर्जी जारी भएका शेर्पा सोमबार शेर्पा आफैं जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका थिए। उन शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको सार्वजनिक भएको थियो।

उनीसहित अहिलेसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाणसहित १४ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २०:४६ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्