Kathmandu Press

प्रतिलिटर १० रुपैयाँ घट्यो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोल र ग्याँसको मूल्य यथावत

नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेलको मूल्य १५५ रूपैयाँ कायम भएको छ। भारतबाट मूल्य घरेर आएकाले निगमले मूल्य घटाएको हो।
प्रतिलिटर १० रुपैयाँ घट्यो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोल र ग्याँसको मूल्य यथावत

काठमाडौं, जेठ २ : डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेको छ। नेपाल आयल निगमको मंगलबार बसेको सञ्चालक समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो।

नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेलको मूल्य १५५ रूपैयाँ कायम भएको छ। भारतबाट मूल्य घरेर आएकाले निगमले मूल्य घटाएको हो। आईओसीले डिजेलमा ८ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटाएर मूल्यसूची पठाएको थियो।

मूल्य घटेर आए पनि निगमले पेट्रोलको मूल्य भने यथावत राखेको छ। यस्तै, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ।

प्रकाशित मिति: २०:२९ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्