Kathmandu Press

नागरिकता विधेयक प्रमाणीकरणलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडेर नहेर्न आग्रह 

आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
नागरिकता विधेयक प्रमाणीकरणलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडेर नहेर्न आग्रह 

काठमाडौं, जेठ २ : सरकारले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माणका लागि अनुमति दिर्ने निर्णय गरेको छ। 

आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। सरकारले मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गरेको पनि उनले बताइन्।

बैठकले एपिजी बैठकमा भाग लिन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको टोलीलाई स्वीकृति दिएको छ। त्यस्तै मोतीपुर सबस्टेसन निर्माणका लागि बाणगंगा नगरपालिकामा १५ बिघा जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने निर्णय भएको छ।

त्यस्तै बैठकले बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकको विस्तारित सडक सिमाभित्रका घर टहराहरु हटाई क्षतिपूर्ति दिने निर्णय गरेको प्रवक्ता शर्माले बताइन्।

त्यस्तै प्रवक्ता शर्माले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सरकारको भन्दापनि आम जनताको हतारोको विषय भएकाले यसलाई प्रधानमन्त्रीको भारत भ्रमणसंग जोडेर नहेर्न आग्रह गरिन्। उनले नागरिकता ऐन प्रमाणीकरणका लागि सरकारका तर्फबाट राष्ट्रपतिलाई कुनै दबाब नदिइएको स्पष्ट पारिन्।

प्रकाशित मिति: १८:३१ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्