Kathmandu Press

मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने सरकारकाे निर्णय

आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले जिउँदो सहिद भनेर चिनिएका कायस्थलाई राष्ट्रिय सहिद घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने सरकारकाे निर्णय

काठमाडौं, जेठ २ : सरकारले मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गरेको छ।

आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले जिउँदो सहिद भनेर चिनिएका कायस्थलाई राष्ट्रिय सहिद घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

२०६२/६३ मा सम्पन्न दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका काभ्रेका कायस्थ त्यसयता अचेत अवस्थामा थिए। वैशाख २७ गते उनको निधन भएको थियो।

प्रकाशित मिति: १८:१५ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्