Kathmandu Press

भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई निर्मम ढंगले कारबाही गर्न माग

जतिसुकै ओहोदामा भए पनि अपराध गर्नेलाई सोहि अनुसारको व्यवहार र दण्ड बिना भेदभाव दिईनुपर्ने समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले बताए।
भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई निर्मम ढंगले कारबाही गर्न माग

काठमाडाैं, जेठ २ : प्रजातान्त्रिक विचार समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई निर्मम ढंगले कारबाही गर्न जोडदार माग गरेको छ।

संस्थाको राष्ट्रिय महाधिवेशनका बारेमा जानकारी गराउन मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समाजले राज्य संरचना र अधिकारीहरु नै संलग्न राज्यद्रोहकै स्तरका यस्ता अपराधमा जोडिएका जोकोहिमाथि पनि निर्मम ढंगले कारवाही गर्न जोडदार माग गरेको हो।

जतिसुकै ओहोदामा भए पनि अपराध गर्नेलाई सोहि अनुसारको व्यवहार र दण्ड बिना भेदभाव दिईनुपर्ने समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले बताए।

उनले अन्तराष्ट्रिय संगठित अपराधमा संलग्न रहेका राजद्रोहीहरुलाई बिभिन्न बहानामा जोगाउने , मुद्दा कमजोर बनाउने वा राजनीतिक तहलाई जोगाएर  केहि व्यक्तिलाई कठघरामा पुराएर घटना सामसुम बनाउने षडयन्त्रको गन्ध आइरहेको बताए।

त्यस्तै केसीले समाजको २५ औं केन्द्रीय साधारणसभा एवं १२ औं राष्ट्रिय महाधिवेशन जेष्ठ ३ र ४ गते काठमाडौंमा हुने र समाजको नयाँ नेतृत्व चयन गर्ने जानकारी दिए।

महाधिवेशनका क्रममा यस बर्ष लोकतान्त्रिक योद्धा सम्मानबाट डा सुरेश मल्ललाई सम्मान गर्ने निर्णय भएको समाजले जनाएको छ। 

प्रकाशित मिति: १७:०३ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्