Kathmandu Press

शरणार्थी प्रकरणमा विश्वप्रकाश शर्माले मागे जवाफ

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद शर्माले शरणार्थी प्रकरणमा सरकारले गरेको अनुसन्धानको प्रक्रियाबारे जवाफ माग गरेका हुन्। शर्माले दोषी नउम्किने र निर्दोष नफस्ने गरी कारबाही अघि बढाउनुपर्ने भनाइ राखे।
शरणार्थी प्रकरणमा विश्वप्रकाश शर्माले मागे जवाफ

काठमाडौं, जेठ २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको जवाफ माग गरेका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद शर्माले शरणार्थी प्रकरणमा सरकारले गरेको अनुसन्धानको प्रक्रियाबारे जवाफ माग गरेका हुन्। शर्माले दोषी नउम्किने र निर्दोष नफस्ने गरी कारबाही अघि बढाउनुपर्ने भनाइ राखे।

नक्कली शरणार्थीमा छानबिनका लागि सरकारले सबै दलको समर्थन पाएको पनि शर्माले बताए। बैठकमा शर्माले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा हामी सुसूचित हुन जरुरी छ । दोषीहरू कोही नछुटून्, निर्दोष कोही नफसून भनेर हामी सबै राजनीतिक दलहरूले भनेका छौं। सबै सहमत छौं।’

शर्माले उक्त प्रकरणमा गृहमन्त्रीको भनाइ सुन्न नपाएको भनाइ पनि राखे। 

प्रकाशित मिति: १६:०४ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्