Kathmandu Press

प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्री दहालले सरकारलाई समर्थन गर्ने १० दलका नेताहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साढे २ बजे सिंहदरबारमा छलफलका लागि बोलाएका हुन्।
प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनको बैठक

काठमाडौं, जेठ २ : प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता गठबन्धन दलको बैठक बोलाएका छन्।

प्रधानमन्त्री दहालले सरकारलाई समर्थन गर्ने १० दलका नेताहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साढे २ बजे सिंहदरबारमा छलफलका लागि बोलाएका हुन्।

जेठ ५ गते जारी गर्ने तयारी भएको सरकारको ‘नीति तथा कार्यक्रम’का विषयमा सुझाव लिन प्रधानमन्त्री दाहालले सत्ता गठबन्धन दलका नेताहरूलाई छलफलमा बोलाएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा नेताहरुले दिएका सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने तयारी प्रधानमन्त्री दहालको छ।

बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी हुने बताइएको छ।

प्रकाशित मिति: १२:११ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्