Kathmandu Press

बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच भेट

भेटान प्रधानमन्त्री दाहालले शुक्रबार नीति तथा कार्यक्रम ल्याउने सरकारले तयारी गरेको विषयमा सभामुखलाई जानकारी गराएका थिए भने सभामुख घिमिरेले सदन सञ्चालनका लागि सरकार र राजनीतिक दल अपेक्षित सहयोग भएको बताएका थिए।
बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच भेट

काठमाडौं, जेठ २ : प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भेट भएको छ।

भेटान प्रधानमन्त्री दाहालले शुक्रबार नीति तथा कार्यक्रम ल्याउने सरकारले तयारी गरेको विषयमा सभामुखलाई जानकारी गराएको बताइएको छ।

भेटमा प्रधानमन्त्री दहालले संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको प्रयास गर्नु सभामुखको सराहनीय काम गरेको बताएका थिए। संदीय समितिले पूर्णता पाएकाले संसदमा विचाराधिन विधेयकहरू टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको बताइएको छ।

सभामुख घिमिरेले सदन सञ्चालनका लागि सरकार र राजनीतिक दल अपेक्षित सहयोग भएको भन्दै खुसी व्यक्त गरेका थिए। उनले सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको सांसद्हरूको गुनासो भएको प्रधानमन्त्री दहाललाई बताएका थिए।

प्रकाशित मिति: १२:०० बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्