Kathmandu Press

राप्रपा केन्द्रीय समिति बैठकमा आज अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने

सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनको  ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु हुनेछ । 
राप्रपा केन्द्रीय समिति बैठकमा आज अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने

काठमाडौ, जेठ २ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनको  ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु हुनेछ । 

यसैगरी, आजको बैठकमा अध्यक्ष लिङदेनले पेस गरेको राजनीतिक प्रतिवेदनसहित महामन्त्रीले पेस गरेको सांगाठानिक र कोषाध्यक्षले पेस गरेको आर्थिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ ।   

अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विदेशी इशारामा चल्न थाले पछि सरकार छाड्नु परेको जनाएका छन् ।

उनले पेस गरेको प्रतिवेदनमा हाल भइरहेको नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा पनि विदेशी संलग्न रहेको आरोप लगाएका छन् ।

प्रकाशित मिति: ०८:१५ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्