Kathmandu Press

संसदका दशवटै विषयगत समितिको बैठक बस्दै

सम्बन्धित समितिको बैठक कक्षमा एकसाथ बिहान ९ बजे बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा गठन भएको छ महिनापछि संसदीय समिति क्रियाशील हुन लागेका हुन् ।  
संसदका दशवटै विषयगत समितिको बैठक बस्दै

काठमाडौं, जेठ २ : संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका दशवटै विषयगत समितिको बैठक आज बस्दै छ । सम्बन्धित समितिको बैठक कक्षमा एकसाथ बिहान ९ बजे बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा गठन भएको छ महिनापछि संसदीय समिति क्रियाशील हुन लागेका हुन् ।  

समितिका सभापति चयन नभएसम्म बैठकको अध्यक्षता हाल तत् तत् समितिका ज्येष्ठ सदस्यले गर्नेछन् । समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागत गर्ने, परिचय कार्यक्रम हुने र कार्यक्षेत्रबारे जानकारी गराइने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि तथा सार्वजनिक लेखा छन् ।

अधिकांश समिति करिब २५ सदस्यीय बनाइएको छ । 

प्रकाशित मिति: ०७:४५ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्