Kathmandu Press

प्रहरी कार्यलय पुगे पूर्वसभासद आङ्टावा शेर्पा

नक्कली भुटानी शरणार्थी प्रकरणमा शेर्पाको पनि संलग्दता देखिएपछि काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको थियो। शेर्पा सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको बताइएको छ।
प्रहरी कार्यलय पुगे पूर्वसभासद आङ्टावा शेर्पा

काठमाडाैं, जेठ १ : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ पुर्जी जारी भएका नेपाली कांग्रेसका पूर्वसभासद आङ्टावा शेर्पा प्रहरी कार्यालयमा उपस्थित भएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा शेर्पाको पनि संलग्दता देखिएपछि काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको थियो। शेर्पा सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको बताइएको छ।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन्।

फरार रहेका नेकपा एमालेका सचिव सांसद टोपबहादुर रायमाझी आइतबार साँझ मात्र पक्राउ परेका थिए। उनलाई आजै अदालत उपस्थित गराएर थुनामा राख्न तीन दिन म्याद थपिएको छ।

प्रकाशित मिति: १९:३२ बजे, सोमबार, जेठ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्