Kathmandu Press

‘मुलुकको परिवर्तनमाथि खतरा देखिन थालेकाले कम्युनिस्ट गम्भीर हुनुपर्छ’

५९औं विद्यार्थी दिवसको अवसरमा विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त रूपमा काठमाडौंमा आयोजना गरेको विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रममा अध्यक्ष नेपालले संविधान, संघीयता नै संकटमा पर्न थालेको भन्दै कम्युनिष्टहरूले  गम्भीर भएर आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने बताएका हुन्।
‘मुलुकको परिवर्तनमाथि खतरा देखिन थालेकाले कम्युनिस्ट गम्भीर हुनुपर्छ’

काठमाडाैं, जेठ १ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको परिवर्तनमाथि खतरा देखिन थालेकाले कम्युनिष्टहरू गम्भीर हुनुपर्ने बेला आएको बताएका छन्।

५९औं विद्यार्थी दिवसको अवसरमा विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त रूपमा काठमाडौंमा आयोजना गरेको विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रममा अध्यक्ष नेपालले संविधान, संघीयता नै संकटमा पर्न थालेको भन्दै कम्युनिष्टहरूले  गम्भीर भएर आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने बताएका हुन्।

उनले मुलुकको व्यवस्था र अवस्थामा धेरै बदल्न बाँकी रहेकाले कम्युनिस्टहरू जनताको सेवामा समर्पित हुनुपर्ने धारणा राखे। उहाले युवाहरूलाई मुलुकभित्र नै उत्पादनशिल काममा लाग्न सके मुलुकको समृद्धि हुने बताए।

त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अग्रगामी प्रगतिशील शक्तिले समायानुकूल रूपान्तरित भएर विकल्प दिन सक्नुपर्ने बताए। उहाले वर्तमान अवस्थामा मुलुक अग्रगमन र पश्चगमनको बीचमा मडारिरहेको जनाउँदै उनले आगामी केही वर्ष धेरै गम्भीर हुने देखिएको धारणा राखे। 

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख अग्नि सापकोटाले कम्युनिष्टहरूलाई एकीकृत गरेर मुलुकमा देखिएका चुनौतीको सामना गर्नुपर्ने बताए। उनले मुलुक राष्ट्रिय रूपमा असाधारण अवस्थामा रहेको भन्दै यसलाई सामना गर्न सबै शक्ति एक हुनुपर्ने धारणा राखे। उनले आफू सभामुख हुँदा १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेपछि हमलाको प्रयास भएको जिकिर गरे। 

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकको परिवर्तन नचाहनेहरू अहिले उत्साहित भएको भन्दै सबै विद्यार्थी युवा वर्ग सचेत हुनुपर्ने बताए। शक्तिकेन्द्रको एजेन्डालाई कार्यान्वयन गर्ने प्रयासलाई असफल पार्नुपर्ने उनको भनाइ छ।

त्यस्तै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको संसदीय व्यवस्थाका कारण मुलुकमा समस्या देखिएको भन्दै यसलाई परिवर्तन गर्नुपर्ने बताए। उनले कम्युनिष्टहरूलाई अब हार्ने छुट नरहेको अब लुटेराहरूको व्यवस्थालाई हटाउनुपर्ने जिकिर गरे।

उनले शैक्षिक रूपान्तरण गरेर मुलुकमा नै युवाहरूलाई परिचालन गर्ने अवस्था सिर्जना गर्नुपर्ने धारणा राखे।

प्रकाशित मिति: १८:१४ बजे, सोमबार, जेठ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्