Kathmandu Press

टोपबहादुर रायमाझीको बयान लिन थालियाे

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएलगत्तै उनको बयान सुरु भएको हो। 
टोपबहादुर रायमाझीको बयान लिन थालियाे

काठमाडौं, जेठ १ : जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीको बयान लिन थालेको छ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएलगत्तै उनको बयान सुरु भएको हो। 

जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायधिवक्तासहित जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा शाखाका डिएसपी निरञ्जन भट्टसहितको टोलीले उनको बयान लिइरहेको जनाइएको छ। यो मुद्दामा बुधबारसम्म अनुसन्धान सकेर फाइल तयार गर्नुपर्ने बताइएको छ।

वैशाख २० मा पक्राउ पुर्जी जारी भएका रायमाझी आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए।

प्रकाशित मिति: १७:०५ बजे, सोमबार, जेठ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्