Kathmandu Press

भ्रष्टाचारसम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय विषयगत समितिमा

सोमबारको प्रतिनिधिसभा बैठकले उक्त विधेयक सम्बन्धित समितिमा पठाएको हो।
भ्रष्टाचारसम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय विषयगत समितिमा

काठमाडौं, जेठ १ : भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ माथि दफावार छलफल संसदीय विषयगत समितिमा पुगेको छ।

सोमबारको प्रतिनिधिसभा बैठकले उक्त विधेयक सम्बन्धित समितिमा पठाएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का तर्फबाट खानेपानीमन्त्री महिन्द्र राय यादवले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत भएकाे थियाे।

यो विधेयकमा मुख्यतः सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि निश्चित अवधिभित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था छ।

प्रकाशित मिति: १६:४५ बजे, सोमबार, जेठ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्