भारतले नेपालमा आफ्नो एजेण्डामा सहमति गराउन दबाबको कूटनीति बनायाे : रघुजी पन्त
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा एमाले सांसद रघुजी पन्तले नेपालको प्रधानमन्त्रीलाई भारत भ्रमणबाट रोकेर जनताले हटाएको पूर्वराजालाई स्वागत गरेर भारतले दबाबको कूटनीति बनाएको तर्क गरेका हुन्।
काठमाडाैं, जेठ १ : नेकपा एमालेले भारतले नेपालमा आफ्नो एजेण्डामा सहमति गराउन दबाबको कूटनीति बनाएको तर्क गरेको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा एमाले सांसद रघुजी पन्तले नेपालको प्रधानमन्त्रीलाई भारत भ्रमणबाट रोकेर जनताले हटाएको पूर्वराजालाई स्वागत गरेर भारतले दबाबको कूटनीति बनाएको तर्क गरेका हुन्।
भारतले आफ्नो एजेण्डा पूरा गर्न नेपाललाई दबाब दिएको उनले बताए। उनले दबाबको कूटनीतिमा नपर्न प्रधानमन्त्रीलाई सुझाव दिए।
पन्तले स्वतन्त्र देशको प्रधानमन्त्रीले राष्ट्रको स्वार्थलाई हेरेर एजेण्डा तय गर्नुपर्नेमा जोड दिए। उनले नेपालले असंलग्न परराष्ट्र नीतिबाट सन्तुलन गुमाउँदै जानु दुःखद कुरा भएको जिकिर गरे।
उनले नेपालको बित्तिय गोपनीयता बिदेशको हातमा जाने खतरा देखिएको भन्दै यसप्रति सजक हुन सरकारको ध्यानाकर्षण गराए।
प्रकाशित मिति: १४:५६ बजे, सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार