Kathmandu Press

टोपबहादुर रायमाझी पक्राउ परेको सभामुखद्वारा सदनलाई जानकारी

सोमबारको प्रतनिधिसभा बैठकमा उनले सो जानकारी गराएका हुन्।
टोपबहादुर रायमाझी पक्राउ परेको सभामुखद्वारा सदनलाई जानकारी

काठमाडाैं, जेठ १ : सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी सदनमा गराएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा उनले सो जानकारी गराएका हुन्।

‘गजेन्द्र बुढाथोकीसमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी केशवप्रसाद दुललासमेत भएको ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा माननीय टोपबहादुर रायमाझीलाई २०८० साल वैशाख ३१ गते राति अन्दाजी ८ः२५ बजेको समयमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–४ बाट पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको व्यहोरा नेपालको संविधानको धारा १०३ (६) बमोजिम प्रहरी परिसर टेकुको चलानी नं. १२–२७३ मिति २०८०–०२–०१ को सूचना पत्रबाट प्राप्त भएको हुँदा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ (१) बमोजिम सदनलाई जानकारी गराउँछु,’ सभामुख घिमिरेले  भने।

प्रकाशित मिति: १६:११ बजे, सोमबार, जेठ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्