Kathmandu Press

खाणको बयान सकिएन, मंंगलबार पनि लिइने  

सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा खाणसँग बयान लिइए पनि नसकिएपछि पुनः मंगलबार लिइने भएको छ।
खाणको बयान सकिएन, मंंगलबार पनि लिइने  

काठमाडौं, जेठ १ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान निरन्तर मंगलबार पनि हुने भएको छ।

सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा खाणसँग बयान लिइए पनि नसकिएपछि पुनः मंगलबार लिइने भएको छ।

उक्त प्ररकणमा सरकारी वकिल कार्यालय काठमाडौले अनुसन्धान सकेर मंगलवारसम्म फाइल तयार गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ। 

खाणलाई आइतवार मात्रै जिल्ला अदालतले थप ४ दिन थुनामा राख्न अनुमति दिएको थियो।

नक्कली शरणार्थी प्रकरणमा खाणसहित पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसहित, गृहमन्त्री हुँदा मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित मिति: १५:४० बजे, सोमबार, जेठ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्