Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझीलाई सरकारी वकिलको कार्यालय लगियाे

आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस  गर्ने प्रक्रियाका लागि सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझीलाई सरकारी वकिलको कार्यालय लगियाे

काठमाडौं, जेठ १ : नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज (सोमबार) प्रहरीले  सरकारी वकिलको कार्यालयमा लगेको छ।

आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस  गर्ने प्रक्रियाका लागि सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको हो। अदालतले म्याद दिएपछि रायमाझीमाथि थप अनुसन्धान सुरु हुनेछ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझीविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भए पनि उनी फरार थिए। सोही दिन उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जि जारी गरिएको थियो। त्यसैको भोलिपल्ट सन्दीप पक्राउ परेका थिए। ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप रायमाझीमाथि छ।

प्रकाशित मिति: १५:२४ बजे, सोमबार, जेठ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्