Kathmandu Press

‘नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर गर्नु भ्रष्टाचारीलाई सघाउनु हो’

नक्कली भुटानी शरणार्थी प्रकरणलाई सही रुपमा टुंगोमा पुर्याएर भ्रष्टाचारका अन्य फाइलहरु पनि खोल्न उनले सरकारलाई आग्रह गरे।
‘नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर गर्नु भ्रष्टाचारीलाई सघाउनु हो’

काठमाडौं, जेठ १ : माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर गर्न नहुनेमा जोड दिएका छन्।

‘मानव तस्करसहितको विषय अगाडि आएको छ। सम्पूर्ण देश केन्द्रित भएर यस विषयमा अगाडि जानुपर्छ,' सोमबार प्रतिनिधिसभा बैठकमामा आकस्मिक समय लिएर बोल्ने क्रममा उनले भने, 'यसलाई विषयान्तर गर्नु भनेको अन्ततः भ्रष्टाचारीलाई सघाउनु हो।’

नक्कली भुटानी शरणार्थी प्रकरणलाई सही रुपमा टुंगोमा पुर्याएर भ्रष्टाचारका अन्य फाइलहरु पनि खोल्न उनले सरकारलाई आग्रह गरे।

प्रकाशित मिति: १३:५० बजे, सोमबार, जेठ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्