नक्कली भुटानी शरणार्थीबारे भइरहेको छानबिनकाे जानकारी सदनमा गराउन माग
सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर उनले भ्रष्टाचारसम्बन्धी खोलिएको फाइलबारे भएको अनुसन्धानबारे सदनलाई जानकारी दिन किन ढिलाइ भइरहेको भन्दै प्रश्न गरे।
काठमाडाैं, जेठ १ : एमाले सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनबारे सदनमा जानकारी गराउन माग गरेका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर उनले भ्रष्टाचारसम्बन्धी खोलिएको फाइलबारे भएको अनुसन्धानबारे सदनलाई जानकारी दिन किन ढिलाइ भइरहेको भन्दै प्रश्न गरे।
'यस्तो जघन्य अपराधमा विषयमा आजसम्म सरकारले यो सार्वभौम संसद्मा यति छानबिन भएको छ। यति प्रगति भएको छ भनेर नेपाल सरकारलाई भन्न के कारणले समस्या भइरहेको छ?' उनले भने, ‘आज भ्रष्टाचारविरुद्ध देश आन्दोलित छ। अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट भएको छ। यसको अनुसन्धानमा ढिला सुस्ती केही आलटाल किन भइरहेको छ। यसमा निष्पक्ष छानबिनको विषयमा जनतालाई विश्वास छैन।’
सरकारलाई नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धानका सम्बन्धमा जानकारीका लागि सरकारलाई रुलिङ गर्न उनले सभामुख देवराज घिमिरेलाई आग्रह पनि गरे।