Kathmandu Press

‘तीन दलका शीर्ष नेताकाे तारन्तर भेटले शरणार्थी प्रकरणमा आशंका पैदा गरेको छ’

मुलुकमा कुनै विपत्ति आउँदा वा अन्तर्राष्ट्रिय सम्बन्धका कुनै विषय हुँदा राजनीतिक दलका शीर्ष नेताहरु तारन्तर बस्नु स्वाभाविक भए पनि अहिले त्यस्तो अवस्था नरहेको बताए।
‘तीन दलका शीर्ष नेताकाे तारन्तर भेटले शरणार्थी प्रकरणमा आशंका पैदा गरेको छ’

काठमाडौं, जेठ १ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई प्रभाव पार्ने व्यवहार र वातावरण हुन नहुनेमा जोड दिएका छन्।

प्रतिनिधिसभामा सोमबार आकस्मिक समय लिएर बोल्ने क्रममा उनले प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले तारन्तर किन भेटिरहेको भन्दै उनले प्रश्न उठाए। यस्तो भेटले नक्कली भुटानी शरणार्थी प्रकरणमा आशंका पैदा गरेको उनको भनाइ थियो।

मुलुकमा कुनै विपत्ति आउँदा वा अन्तर्राष्ट्रिय सम्बन्धका कुनै विषय हुँदा राजनीतिक दलका शीर्ष नेताहरु तारन्तर बस्नु स्वाभाविक भए पनि अहिले त्यस्तो अवस्था नरहेको बताए।

‘नक्कली शरणार्थी प्रकरकण सार्वजनिक भएपछि तीन दलका नेताहरु पटकपटक आपसमा भेट भएको सुनेका छौं,’ उनले भने, ‘विपतको समयमा यसरी तारन्तार भेटेको सुनिएको थिएन,’ उनले भने, ‘अहिले किन भेटिरहेका छन्।’

उनले नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका व्यक्तिहरुले योजनाबद्ध रुपमा सार्वजनिक हुने मौका पाइरहेको भन्दै उनले आपत्ति पनि जनाए।

‘हाम्रो देशमा ठूलो अपराध, देशद्रोही र भ्रष्टाचारको विषय छ। शंकास्पदहरुको नाम आउँछ। उनीहरुलाई आफ्नो मोबाइल फर्म्याट गर्ने, लुक्ने, समाचार सुल्झाउने र योजनावद्ध रुपमा सार्वजनिक हुने मौका पाइराखेका छन्। केही त फरार पनि छन रे। यस्तो किन हुन्छ?’

प्रकाशित मिति: १४:०० बजे, सोमबार, जेठ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्