Kathmandu Press

जिप दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते

जिल्लाको गण्डकी गाउँपालिका–६ घौचुरमा बा०१–०२५ च ६२०४ नम्बरको बलेरो जिप सडकबाट झण्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।
जिप दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते

गोरखा, जेठ १ : गोरखामा आइतबार राति भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

जिल्लाको गण्डकी गाउँपालिका–६ घौचुरमा बा०१–०२५ च ६२०४ नम्बरको बलेरो जिप सडकबाट झण्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

दुर्घटनामा परी गण्डकी गाउँपालिका–६ निवासी ७८ वर्षीया किरमाया आलेको मृत्यु भएको हो। काठमाडौँबाट घौचुरतर्फ जाँदै गरेको बलेरो जिप कच्ची सडकबाट खस्दा सख्त घाइते हुनुभएकी आलेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

उक्त दुर्घटनामा परी अन्य पाँचजना घाइते भएका थिए। घाइते हुनेमा सोही ठाउँका ७७ वर्षीया कनमाया आले, ७८ वर्षीय धनबहादुर आले, ८१ वर्षीय तीर्थबहादुर आले, ७२ वर्षीय पूर्णबहादुर थापा र ६५ वर्षीया गङ्गामाया थापा हुनुहुन्छ। घाइतेहरूकोे भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनापछि जिपका चालक ४३ वर्षीय केहरसिं थापालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको प्रहरी नायब उपरीक्षक  लामिछानेले जानकारी दिए। दुर्घटनाको कारण भने खुल्न नसकेको र  घटनाबारे  थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १३:०९ बजे, सोमबार, जेठ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्