Kathmandu Press

भ्रष्टाचार निवारण विधेयक विषयगत समितिमा पठाइँदै

विधेयकमा भ्रष्टाचारको पाँचवर्षे हदम्याद, नीतिगत निर्णयमा अख्तियारको प्रवेश नहुने तथा निजी क्षेत्रको अनियमितता अनुसन्धानलाई अख्तियारको क्षेत्राधिकारमा राख्नेलगायतका प्रावधान विवादास्पद छन्।
भ्रष्टाचार निवारण विधेयक विषयगत समितिमा पठाइँदै

काठमाडौं, जेठ १ : भ्रष्टाचार निवारणसम्बन्धी संशोधन विधेयक दफाबार छलफलका लागि संसदका विषयगत समितिमा पठाउने भएको छ।

सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दहालले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ लाई सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

भ्रष्टाचार निवारणलगायत संसदमा लामो समयदेखि विचाराधीन केही महत्त्वपूर्ण विधेयकलाई हिउँदे अधिवेशनमा पारित गर्न नसकेपछि संसद्ले आलोचना खेप्नुपरेको थियो ।

विधेयकमा भ्रष्टाचारको पाँचवर्षे हदम्याद, नीतिगत निर्णयमा अख्तियारको प्रवेश नहुने तथा निजी क्षेत्रको अनियमितता अनुसन्धानलाई अख्तियारको क्षेत्राधिकारमा राख्नेलगायतका प्रावधान विवादास्पद छन्। अघिल्लो छलफलमा ३२ सांसदले यी प्रावधान हटाउनुपर्ने तर्क गरेका थिए ।

प्रकाशित मिति: ११:४५ बजे, सोमबार, जेठ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्