नेपाली सेनाको टोलीले गर्यो सगरमाथा आरोहण
सफा हिमाल अभियानमा खटिएको कर्णेल किशोर अधिकारीको नेतृत्वको टोलीले सगरमाथा आरोहण गरेको हो।
काठमाडाैं, जेठ १ : नेपाली सेनाको टोलीले सोमबार सगरमाथा शिखर आरोहण गरेको छ। सफा हिमाल अभियानमा खटिएको कर्णेल किशोर अधिकारीको नेतृत्वको टोलीले सगरमाथा आरोहण गरेको हो।
जसमा कर्णेल किशोरसँगै कप्तानहरू दिपेन्द्रसिं खत्री, विष्णुबल राई र जवानहरू किशोर जवेगु, शंकर कुँवर छन्।
उनीहरुसँगै माउन्टेन गाइडको रुपमा भोजपुरका वोङछु शेर्पा र संखुवासभाका फुर्वा शेर्पा, फुर्वादोर्ची शेर्पा, लाक्पा शेर्पाले समेत आरोहण गरेका छन्।
सेनाको टोलीले सोमबार बिहान १० बजेर ५ मिनेटमा शिखर आरोहण गरेको हिमाल सफाइ अभियानको व्यवस्थापनमा खटिएको पिक प्रशोमन प्रालिका निर्देशक आङबाबु शेर्पाले बताए।
सेनाको टोली मंगलबार ल्होत्से आरोहणको तयारीमा छ।
प्रकाशित मिति: ११:३९ बजे, सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











