पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगियो
सरकारी वकिल कार्यलयले पनि अनुसन्धान सकेर प्रतिवेदन बुझाउन प्रहरीलाई निर्देशन दिएको थियो। सोही अनुसार खाणलाई बयानका लागि लगिएको हो।
काठमाडौं, जेठ १ : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई बयानका लागि सरकारी वकिलको कार्यालय, बबरमहल लगिएको छ।
आइतबार मात्र नक्कली भुटानी शरणार्थी प्रकणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाणसहित १२ जनालाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो।
यस्तै, सरकारी वकिल कार्यलयले पनि अनुसन्धान सकेर प्रतिवेदन बुझाउन प्रहरीलाई निर्देशन दिएको थियो। सोही अनुसार खाणलाई बयानका लागि लगिएको हो।
खाण गत बुधबार आफ्नै निवासबाट पक्राउ परेका थिए ।
प्रकाशित मिति: ११:३५ बजे, सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











