प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेट
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटमा संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।
काठमाडौं, जेठ १ : प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटमा संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।
राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार सो अवसरमा संघीय संसद्को चालु बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठकलगायतका विषयमा छलफल भएको छ।
प्रकाशित मिति: ११:१४ बजे, सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार