Kathmandu Press

अवरूद्ध वीपी राजमार्ग खुल्यो, लेदोमा पुरिएका गाडी निकालिँदै

अवरूद्ध वीपी राजमार्ग खुल्यो, लेदोमा पुरिएका गाडी निकालिँदै

काठमाडाैं, जेठ १ः आइतबार राति भीषण वर्षा भएपछि बाढी आउँदा अवरुद्ध भएको वीपी राजमार्ग सञ्चालनमा आएको छ।

रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढी आएपछि राजमार्ग अवरुद्ध भएको थियो ।

लेदो हटाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । कालढुंगामा बाढीसँगै आएको लेदोमा चारवटा गाडी पुरिएका थिए । गाडी लेदोमा पुरिए पनि चालक र यात्रु भने सकुशल रहेको प्रहारीले जनाएको छ ।

चिउरिबासमा सडकसँगै क्षेत्रबहादुर लामाको घर पनि लेदोले पुरिएको छ।

प्रकाशित मिति: १०:५७ बजे, सोमबार, जेठ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्